१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ। यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक आज (मङ्गलबार) रक्सौल आइपुग्नेछ।

यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गिता चौधरीले जानकारी दिइन्। उनका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रासस

प्रकाशित: ५ श्रावण २०८३ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App