१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘द गडफादर’ ओस्कर विजेता डायना किटनको निधन

हलिउडकी अभिनेत्री डायना किटनको निधन भएको छ। ‘द गडफादर’ र ‘एनी हल’ ब्लकबास्टर चलचित्रकी अभिनेत्री डायनाको ७९ वर्षको उमेरमा निधन भएको हो ।  

परिवारले मृत्युको पुष्टि गरेपनि गोपनियता चाहेको उल्लेख गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

पीपल म्याग्जीनको रिर्पोट अनुसार डायन किटनको क्यालिफोर्नियामा निधन भएको हो । उनको मृत्युको कारण खुलाइएको छैन। तर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको समाचारहरूमा उल्लेख गरिएको छ ।  

डायन किटनकी एक साथीको बयानलाई उदृत गर्दै, पिपल पत्रिकाले रिपोर्ट गरेको छ कि अभिनेत्री विगत केही महिनादेखि बिरामी थिइन् । केही समयदेखि आफ्नो परिवारसँग बसिरहेकी थिइन्। यस समयमा, उनले आफ्ना साथीहरूबाट पनि पूर्ण रूपमा टाढा रहेकी थिइन्।  

अभिनेत्रीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर छलफल गरेकी थिइन्। रिपोर्टका अनुसार, डायन किटन खाने विकारबाट पीडित थिइन्, जसले गर्दा बिरामीहरूले आफ्नो खानामाथि नियन्त्रण गुमाउँछन्।

प्रकाशित: २६ आश्विन २०८२ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App