१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक

निर्देशक सशान कँडेलको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा निर्माता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडले स्वर दिएका छन्। 

गीतको भिडियोमा सामाजिक सञ्जालमा ‘कुल ब्वाई’ नामले परिचित पारस बम ठकुरी, नायिका दिव्या रायमाझी, नायक सुशान्त कार्की र कलाकार पदम तामाङ फिचर्ड छन्। गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्। 

निर्माण पक्षका अनुसार गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्साह थप बढ्ने अपेक्षा गरिएको छ। यसअघि सार्वजनिक गरिएको चलचित्रको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा राम्रो चर्चा बटुलेको थियो। अब नयाँ गीतले पनि चलचित्रप्रतिको उत्सुकतालाई अझ बढाउने विश्वास निर्माण टिमको छ। 

माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ। चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। 

प्रकाशित: ९ श्रावण २०८३ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App