२० श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘काजी’को पहिलो गीत ‘वारी बर पारी पिपलु’ सार्वजनिक

अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ को पहिलो गीत ‘वारी बर पारी पिपलु’ बिहीबार सार्वजनिक गरिएको छ। गीत काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत युट्युबमा रिलिज गरिएको हो।

गाउँको परिवेशमा छायांकन गरिएको गीतमा विपिन कार्की र केकी अधिकारीलाई मौलिक गाउँले पहिरनमा देख्न सकिन्छ। गीतमार्फत उनीहरूबीचको निस्वार्थ प्रेम, आत्मीय सम्बन्ध र ग्रामीण जीवनका संघर्षका दृश्य प्रस्तुत गरिएको छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, हिउँवाला गौतम, विनोद न्यौपाने, रश्मी भट्ट, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, दीक्षिता अर्याल र कृतिका शर्मालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्र जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App