१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘शिवांशः च्याप्टर–१’ को प्रदर्शन कार्तिक २७ देखि

कसको भूमिका के

नेपाली चलचित्र शिवांश च्याप्टर-१ कार्तिक २७ देअि प्रदर्शनमा आउने भएको छ । आकर्षक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको रिलिज मिति सार्वजनिक गरेको हो ।  

पोस्टरमा जटाधारी शिवलाई कैलाश पर्वतको सुन्दर परिवेशमा देखाईको छ । जहाँ पर्वतको यात्रा देखिन्छ । शिवको वाहनको रुपमा मानिने कालो साँढेको निधारमा भगवान शिवको हतियार त्रिशुल चिह्न बनाईएको छ । यसको अर्थ चलचित्रले कसरी लगाउँछ अर्थ्याउन बाँकी छ ।  

पोखरा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्रमा अहिले पोस्ट–प्रोडक्सनको काम जारी छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । निर्माता अञ्जान केसीले नै कथा लेखेका छन् ।  

शिवांश च्याप्टर–१ मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिका छ । साथै विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिस चुरौटे, उदयकुमार सुब्बा र टीका निरौलालगाएका कलाकारको अभिनय छ  ।

चलचित्रको पटकथा बारत लिम्बूले तयार पारेका हुन् । सहनिर्माता शोभा भण्डारी र अनिस केसी बोगटी रहेको चलचित्रको कार्यकारी निर्माता शम्भु थापा हुन् ।

यो चलचित्रमा रहेका गीतमा विप्लव प्रतीक र राजनराज सिवाकोटीका शब्द छन् । न्यू बज्रचार्य र राजनराज सिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी गीतहरूमा स्वर भरेका छन् । 

प्रकाशित: १५ भाद्र २०८२ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App