२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टी-२० विश्वकप: नेपालको सुपर-८ सम्भावना कति ?

पहिलो पटक टी-२० विश्वकपमा डेब्यू गरेको टोली इटालीसँग १० विकेटको फराकिलो हारपछि नेपालको सुपर-८ मा पुग्ने सम्भावनालाई लिएर विभिन्न अडकलबाजीहरु भइरहेका छन् । मुम्बईमा रहेको वानखडे क्रिकेट रगंशालमा समूह चरण अन्तर्गत आफनो दोस्रो खेलमा बिहीबार फराकिलो हार व्योरहेपछि नेपालको सुपर-८ मा पुग्ने योजनाबारे विभिन्न टिकाटिप्पणी सुरु भएका हुन् ।  

समूह 'सी' मा बिहीबारसम्म खेल सकिँदा नेपाल अंकविहीन अवस्थामा समूहको पाँचौ तथा अन्तिम स्थानमा रहेको छ। यस समूहमा नेपालले बाहेक अन्य सबै टोलीले खेल जितेका छन्, जहाँ वेस्ट इन्डिज दुई खेलमा दुवैमा विजय भएर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै, स्टकल्यान्ड एक खेल जित्दैँ तालिकाको दोस्रो स्थानमा छ।  

बिहिबार नेपालमाथि शानदार जित हासिल गरेको इटाली तेस्रो र नेपालमाथि ४ रनको साँधुरो जित निकालेको इंल्यान्ड नेटरनरेटमा पछि पर्दै इटालीभन्दा एकस्थान तल चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको नेपाल इंल्यान्ड र इटलीसँग पराजित भएको हो ।  

कस्तो छ नेपालको सुपर-८ मा पुग्ने सभ्भावना?

नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो विश्वकप खेल्न जानुअघि यस पटको लक्ष्य सुपर-८ मा पुग्ने लक्ष्य लिएको थियो ।  

नेपालले समूह चरण अन्तर्गत आइतबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलमा नेपाललाई जित बाहेक अन्य विकल्प छैन। यसको मतलब नेपालले वेस्ट इन्डिजलाई हराउनै पर्नेछ। नेपालले यदि वेस्ट इन्डिजलाई हराए उसको सुपर ८ मा पुग्ने सम्भावना जिवितै हुनेछ । हारले भने एक खेल अगावै सुपर ८ मा पुग्ने सम्भावना समाप्त हुनेछ ।  

दुई खेल अंकविहीन भएको नेपालका लागि वेस्ट इन्डिजमाथिको जित मात्र पर्याप्त हुने छैन, उसले अर्को खेलमा स्कटल्यान्डलाई पनि हराउनु पर्नेछ । दुवै टोलीमाथि नेपालले जित निकालेपनि नेपाल सुपर ८ का लागि भने छनोट हुने छैन । उसले अन्य टोलीको खेललाई पनि कुर्नुपर्ने छ।  

नेपालले दुई खेल जित्यो भने समग्रमा ४ अंक बटुल्छ । नेपाल बाहेक अन्य टोलीको पनि ४ अंक छ भने नेटरनरेटले मात्र सुपर-८ को यात्रालाई तय गर्नेछ।  

यो अवस्थामाा हेर्दा नेपालको लागि सुपर-८ मा स्थान बनाउन निकै कठिन देखिन्छ। अबको बाँकी दुई  खेलमा नेपाल 'गर या मर'को अवस्थामा रहनेछ। नेपाल बाहेक अन्य ४ टोलीले अंक बटुलेर हालसम्म 'सेफ साइड'मा छन् तर अंकविहीन नेपालको लागि सबैभन्दा ठूलो परिक्षा वेस्टइन्डिजविरुद्धको खेल हुनेछ।

प्रकाशित: १ फाल्गुन २०८२ १७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App