२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘एक भगवत र एक गीता’ युट्युवमा सार्वजनिक

सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘एक भगवत र एक गीता’ दुई वर्षपछि युट्युवमा सार्वजनिक भएको छ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिकामा छ । सोमबार युट्युवमा सार्वजनिक भएको चलचित्रको रनटाइम दुई घण्टा आठ मिनेटको रहेको छ।

'एक भगवत र एक गीता’ले यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशलाई केन्द्रमा राखेको छ। चलचित्रले प्रदर्शनको समयमा चर्चा तथा विवाद उत्तिकै पाएको थियो।

उक्त चलचित्रमा कार्की अल्पसंख्यकका भूमिकामा देखिएका छन्। चलचित्रले विशेष गरी तेस्रो लिङ्गी समुदायले जीवनमा भोगेका संघर्ष र उनीहरूमाथि हुने विभेदलाई उजागर गर्ने प्रयास गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App