सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका चलचित्रहरुको आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
भदौ २६ देखि प्रदर्शनमा रहेको चलचित्र ‘पेन्सन पट्टा’ ले बक्स अफिस कलेक्सन उत्साहजनक देखिएको छ। माओत्से गुरूङको निर्देशनमा बनेको यो चलचित्रले सोमबार नौ दिन पुरा गरेको छ। यसले आइतबारसम्म तीन करोड ७९लाख रुपैयाँको कलेक्सन गरेर भने यसलाई एक लाख २९ हजार एक सय १८ ले हेरेका छन्। यो सँगै यसले आफ्नो अक्रामक सुरुवाद गरेको छ।
चलचित्रमा लाहुरे जीवनलाई बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर हेरिन्छ। तर 'पेन्सन पट्टा' ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता आदीमा यसको कथा केन्दीत छ। ‘पेन्सन पट्टा’ मा दयाहाङ राईसँगै गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरूङ, माया गुरूङलगायतको अभिनय रहेको छ।
अर्को तर्फ भदौ २६ देखिनै प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’ ले पनि राम्रो सुरुवाद गरेको छ। यसले सोही अवधिमा दुुई करोड ६८ लाख रुपैयाँको व्यापार गरेको भने ९४ हजार आठ सय ८५ ले यसलाई हेरेका छन्। प्रेम कथामा आधारित यो चलचित्रलाई सशान कँडेलको निर्देशन को यो चलचित्रमा कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको छ।
प्रकाशित: ५ आश्विन २०८३ १२:३८ सोमबार



-600x400.jpg)

