१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पढाइ र चाहानाबिचको द्वन्द्व ‘गौंथली’

अभिनेत्री सिम्रन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘गाैंथली’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक टिजरमा चलचित्रको छोटो कथावस्तु प्रस्तुत गरिएको छ। ग्रामीण परिवेशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। जहाँ आमा र छोरीको छोटो संवाद समेटिएको छ। पढाइको चाहनाबिच नै घरपरिवारले छोरीलाई विवाह सम्बन्धमा बाँधेका छन्।

युवतीको जीवनमा आएको संघर्ष तथा सपनाको कथालाई टिजरले संकेत दिएका छन्। जहाँ सिम्रनलाई केन्द्रमा राखिएको छ। घरको जिम्मेवारी र द्वन्द्वको कथा टिजरमा समेटिएको छ।

सिम्रनको श्रीमानको पात्रमा अभिनेता अरुण क्षेत्री प्रस्तुत छन्। अरुणलाई टिजरले अटिजमको सिकार भएको दर्साएको छ। उनको असामान्य व्यवहारको कारण सिम्रनले भोगेको दुख टिजरले छोटो प्रस्तुत गर्दछ।

डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा सीतादेवी तिमिल्सिना सिम्रनको आमाको भूमिकामा देखिएकी छन्।

 चलचित्रमा गौंथलीमा सिम्रन, प्रकाश घिमिरे, अरूण र सीतादेवीसहित मदनकृष्ण श्रेष्ठ, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, लक्ष्मीनाथ तिमल्सेना, राजेन्द्र नेपाली, बालकलाकारहरू - अंशु ओली र राजकुमार नेपाली लगायतको अभिनय छ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ. डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०८३ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App