दुई वर्षको ब्रेकपछि आयुष्मान खुराना अभिनित हरर कमेडी युनिभर्सको फिल्म 'थामा' सिनेमाघरहरूमा चलिरहेको छ। आदित्य सरपोतदारद्वारा निर्देशित यो फिल्ममा आयुष्मानसँगै रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दीन सिद्दीकीको पनि अभिनय रहेको छ।
दुई घण्टा २९ मिनेट लामो यो चलचित्र एक करोड ५० लाखको लागतमा बनेको हो। यो आयुष्मानको पहिलो दिवाली रिलिज फिल्म पनि हो। भारतीय मिडियाका अनुसार यो चलचित्र आयुष्मानको सबैभन्दा छिटो १०० करोड कमाउने फिल्म बनेको छ। यो १०० करोड क्लबमा प्रवेश गर्ने उनको पाँचौं फिल्म बनेको छ। उनको पछिल्लो चलचित्र 'ड्रीम गर्ल २' को जीवनकालको सङ्कलनलाई पछि पार्दै चौथो ठूलो हिट बनेको छ।
'थामा' गत मंगलबार दिवालीको अवसरमा रिलिज भएको थियो। पहिलो दिनमा यो फिल्मले २४ करोड रुपैयाँ कमाएको थियो भने हाल फिल्मको कुल कलेक्सन १०८.२५ करोड रुपैयाँ पुगेको छ। यससँगै यो फिल्म आयुष्मानको करियरको चौथो ठूलो हिट बनेको छ, जसले १०६.७१ करोड रुपैयाँको लाइफटाइम कलेक्सन गरेको 'ड्रीम गर्ल २' लाई पछि पारेको छ।
उनको सबैभन्दा ठूलो हिटको लाइनमा अर्को फिल्म 'बाला' हो जसले ११६.३८ करोड रुपैयाँ कमाएको थियो। 'थामा'ले 'बाला'को कलेक्सनलाई पनि पछि पार्ने अनुमान गरिएको छ।
आयुष्मानको अर्को फिल्म 'पति पत्नि और वो २' हुनेछ।
प्रकाशित: १४ कार्तिक २०८२ १४:०१ शुक्रबार





