२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स

 क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ। असोज ३० गते बिहीबार ( अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो।

वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन्। दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने छ। विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरेर तयारी गरिरहेको  क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए।

चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ। ‘तीन वर्षको अवधिमा हामीले पार्टी गर्न चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन्,' हाम्रो पहिलो प्राथमिकता भनेको नै पाहुनाहरूको सन्तुष्टि र खुसी हो।'

उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन्। क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए। गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन्।

प्रकाशित: ३० आश्विन २०८२ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App