विश्वप्रसिद्ध गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सेको विवाह चर्चाको विषय बनेको छ। सबैभन्दा चर्चित सेलिब्रिटी विवाहमध्ये एक हुने प्रशंसकको अनुमान छ।
जुलाई ३ मा हुने मुख्य विवाह समारोहअघि न्यूयोर्कको म्यानहाटन क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ भने वर–वधूले विभिन्न परोपकारी संस्थाहरूलाई करिब २६ मिलियन अमेरिकी डलर झण्डै रु २२३ करोड दान गरेको समाचार सार्वजनिक भएको छ।
यसैबीच, विवाह समारोहसँग सम्बन्धित केही तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विशेषगरी, गायिका सेलेना गोमेजको इन्स्टाग्राम स्टोरीले उनी रिहर्सल डिनरमा सहभागी हुन गएकी हुन् कि भन्ने अनुमानलाई थप चर्चा दिएको छ।
एसोसिएटेड प्रेसका अनुसार मुख्य विवाह समारोह शुक्रबार साँझ ५ बजे (अमेरिकी पूर्वी समय) सुरु हुने र शनिबार बिहानसम्म चल्ने कार्यक्रम छ। समारोहलाई व्यवस्थित रूपमा सञ्चालन गर्न म्यानहाटनका धेरै सडकहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
न्यूयोर्क सिटीको अनुमति कार्यालयले 'स्पेसल इभेन्ट एट : सम्बन्धी अनुमति बुधबार स्वीकृत गरेको थियो। सोहीअनुसार विवाहस्थल वरपर विशेष प्रवेशद्वार निर्माण गर्न रातभर सडक बन्द राख्ने व्यवस्था गरिएको छ।
जुलाई २ मा करिब १०० जना नजिकका आफन्त र साथीहरूको उपस्थितिमा रिहर्सल डिनर आयोजना गरिएको थियो। उक्त कार्यक्रम साँझ ५ः३० बजेदेखि राति १०ः३० बजेसम्म चलेको बताइएको छ।
शुक्रबार विवाहस्थल वरपरका सडकहरू बिहानदेखि नै बन्द रहनेछन्। दिउँसो २ बजेसम्म विवाहको तयारी गरिनेछ भने पाहुनाहरूलाई दिउँसो ३ बजेदेखि ५ बजेसम्म कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ। मुख्य विवाह समारोह साँझ ५ बजे सुरु हुने र त्यसपछि हुने रिसेप्सन शनिबार बिहान ४ बजेसम्म चल्ने चर्चा छ। यद्यपि, सडक बन्द गरिएकाले स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमार्फत ट्राफिक र आवतजावतमा समस्या भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
टेलर स्विफ्ट र ट्राभिस केल्सेले विवाहअघि २६ मिलियन अमेरिकी डलरभन्दा बढी रकम ९झण्डै रु. २२३ करोड० २० वटा स्थानीय तथा राष्ट्रिय परोपकारी संस्थाहरूलाई दान गरेको समाचार पनि सार्वजनिक भएको छ।
स्विफ्टकी प्रवक्ताका अनुसार दान गरिएका संस्थामध्ये धेरैजसो दुवैको जीवनसँग विशेष सम्बन्ध भएका स्थानहरूमा रहेका छन्। यद्यपि, उक्त घोषणामा विवाहको प्रत्यक्ष उल्लेख गरिएको छैन।
दान प्राप्त गर्ने न्यूयोर्कस्थित संस्थाहरूमा न्यूयोर्क शहर, सिटी हार्वेस्टको लागि खाद्य बैंक तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई संगीत शिक्षा उपलब्ध गराउने प्रशिक्षिकहरू समावेश छन्। प्रत्येक संस्थाले कति रकम प्राप्त गर्यो भन्ने खुलाइएको छैन।
यसका अतिरिक्त, रोड आइल्याण्ड कम्युनिटी फुड बैंक, क्यान्सस सिटीस्थित लगायतका राष्ट्रिय संस्थाहरूले पनि सहयोग प्राप्त गरेको बताइएको छ।
यसैबीच, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टेलर स्विफ्ट र ट्राभिस केल्सेले मुख्य समारोहअघि नै कानुनी रूपमा गोप्य विवाह गरिसकेको दाबी गरेका छन्।
पोज सिक्सको रिपोर्टअनुसार उनीहरूले परिवारका सदस्य र निकट साथीहरूको उपस्थितिमा निजी विवाह सम्पन्न गरेपछि म्याडिसन स्क्वायर गार्डेनमा भव्य समारोहको तयारी गरेका हुन्।
उक्त रिपोर्टमा करिब १,००० पाहुनाहरू सहभागी हुने उल्लेख छ। सम्भावित अतिथिहरूमा सेलेना गोमेज, गिगी हदिद, बियोन्से, जे–जेड, एड शीरन लगायतका विश्वप्रसिद्ध कलाकारहरूको नाम पनि जोडिएको छ।
यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। साथै, टेलर स्विफ्ट र ट्राभिस केल्सेको विवाहबारे आधिकारिक पुष्टि पनि हालसम्म सार्वजनिक गरिएको छैन।
प्रकाशित: १९ असार २०८३ १५:०४ शुक्रबार





