२० आश्विन २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

स्वस्तिमाको कटाक्ष : धन्न नेपालमा जन्मिन पाइयो भन्ने दिन कहिले आउला ?

अभिनेत्री स्वस्तिमा खड्काले विकट ठाउँको विद्यालयको दयनीय अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नेपालको विद्यालय तथा यहाँका अवस्थाबारे उनले सरकारी व्यवस्थालाई कटाक्ष गरेकी छन्।

सार्वजनिक भिडियोमा सरकारी विद्यालयका बालबालिका खाजाको समयमा सुखा चिउरा पानीमा भिजाएर खाइ रहेको अवस्था देख्न सकिन्छ। उक्त चिउरा विद्यालयबाट दिइने दिवा खाजा हो। भिडियोले वर्तमान समयमा पनि विद्यालयको यस्तो दयनीय अवस्था देखाएको छ। जुन सामान्य होइन।  

त्यही भिडियोलाई सार्वजनिक गर्दै उनले विद्यालयको अवस्था बारे सरकारलाई कटाक्ष कस्दै भनेकी छन्, ‘धन्न नेपालमा जन्मिन पाइयो, भन्ने दिन कहिले आउला?’

प्रकाशित: २० आश्विन २०८३ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App