२८ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘सुसेली’ले सम्झियाे ‘भानु’

सुसेली साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको मनाएकाे छ।

भानुजयन्तीको अवसर पारेर आयाेजना गरेकाे कार्यक्रममा रचना वाचन गरिएकाे थियाे। आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको स्मरण गर्दै विभिन्न साहित्यिक रचनाहरू वाचन गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष रामराजा केसीको अध्यक्षता, दक्षिणकाली नगरपालिका वडा नं. ४ का वडाध्यक्ष पुष्कर खड्काको प्रमुख आतिथ्य र साहित्यकार शेखर अर्यालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रामकाजी बस्नेतले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पारेका  थिए भने संस्थाका कोषाध्यक्ष चन्द्रलाल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य सविता केसीले गरेकी थिइन्।

कार्यक्रममा केदारनाथ आचार्य, रमेश बलामी सुसान्त केसी, कृष्णकुमार श्रेष्ठ, शेखर अर्याल, सविता केसी, तुषार अधिकारी, रामराजा केसी, चन्द्रलाल तामाङ, किरण नेपाली, पुष्कर खड्का, महेन्द्रमान बलामी, आवेश मिश्र, ललिता तामङ, सिवाङ्गी सुवेदी, आकाझ्क्षा बलामी,रिसिका बस्नेत, सारिका बलामी लगायतका स्रष्टाहरूले कविता, मुक्तक तथा अन्य साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए।

दक्षिणकाली नगरपालिकाभित्रका २० भन्दा बढी साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम साहित्यिक सौहार्द, सिर्जनशीलता र आदिकवि भानुभक्त आचार्यप्रतिको सम्मान व्यक्त गर्दै भव्य तथा सभ्य रूपमा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २८ असार २०८३ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App