३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

टाइगरमाथि गो*ली प्रहार गर्नुअघि निगरानी, सलमान खानको घर बाहिर बढाइयो सुरक्षा

टाइगर श्रफमाथि आक्रमण भएपछि सलमान खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ। टाइगरमाथि भएको आक्रमणको जिम्मेवारी लिँदै लरेन्स बिश्नोई गिरोहले सलमान खानसँग काम गर्ने जोसुकैले पनि परिणाम भोग्नुपर्ने धम्की दिएको छ। यसअघि सन् २०२४ अप्रिल १४ मा पनि सलमान खानको घरबाहिर गोली प्रहार भएको थियो।

टाइगर श्रफमाथि गोली प्रहार गर्नुअघि निगरानी गरिएको आशंका

प्रहरीले गोली प्रहार गर्नुअघि हमलाकर्ताहरूले टाइगर श्रफको गतिविधिबारे निगरानी (रेकी) गरेको हुन सक्ने आशंका गरेको छ।

टाइगर प्रत्येक आइतबार करिब दुई घण्टा फुटबल खेल्न मुम्बईको पुष्पा नरसी पार्क जाने गर्छन्। हमलाकर्ताहरूलाई उनको नियमित दिनचर्याबारे जानकारी रहेको र उनीहरू पार्कको प्रवेशद्वारबाहिर उनको प्रतीक्षामा बसेको हुन सक्ने प्रहरीको आशंका छ।

आइतबार फुटबल खेलेर फर्किने क्रममा टाइगरको कार जुहूस्थित पुष्पा नरसी पार्कनजिक रोकिएको थियो। उनलाई हेर्न त्यहाँ भीड जम्मा भएको थियो। त्यही क्रममा मोटरसाइकलमा आएका तीन जना व्यक्ति पुगे र टाइगरको कारमा पाँच राउन्ड गोली प्रहार गरे।

उक्त घटना जुहू प्रहरी थानाबाट केवल ३५० मिटरको दूरीमा भएको थियो।

प्रकाशित: २ कार्तिक २०८३ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App