२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

रहेनन् सुरेश किरण

पत्रकार, भाषा अभियन्ता र व्यंग्य लेखनको क्षेत्रमा सुपरिचित सुरेश किरणको आइतबार असामयिक निधन भएको छ। ५८ वर्षीय सुरेश साहित्यिक क्षेत्रमा ‘सुकी’ को नामले परिचित थिए। नेपाल भाषाको अखबार ‘सन्ध्या टाइम्स’ को सम्पादक रहिसकेका सुरेश राष्ट्रिय भाषा आयोग सदस्य थिए। उनको असामयिक निधनले यस क्षेत्रमा गहिरो रिक्तता छाएको छ।

नागरिकले उत्पादन गरेको लोकप्रिय व्यंग्यात्मक कार्यक्रममा ‘ढुक्क हुनुहोस्’ वरिष्ठ कलाकार मनोज गजुरेलसँग सुरेश पनि थिए। उनले यसका सिर्जनात्मक सहयोग गरेका थिए। सुरेशको निधनप्रति भावुक हुँदै गजुरेलले लेखेका छन्, ‘कसरी झुक्याउनुभयो, प्रिय सुरेश किरण दाइ! ‘ढुक्क हुनोस्’ जस्तै अर्को कार्यक्रम गर्ने सल्लाह ‘सल्लाह’मै सीमित भयो है।’

उनले ‘जनआस्था’ साप्ताहिकमा नियमित रूपमा व्यंग्य लेख्ने गरेका थिए। यसबाहेक पनि कतिपय कलाकारहरूले आफूलाई चाहिने व्यंग्यात्मक सामग्री उनीबाट प्राप्त गर्थे।

भाषा साहित्य क्षेत्रमा सुरेशले गरेको योगदानलाई सम्झिँदै बुधबार मंका खलः भवन विजेश्वरीमा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने भएको छ। उनका दुई पुत्र र एक पत्नी छन्।

प्रकाशित: २७ फाल्गुन २०८२ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App