फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरेको ट्रेलरमा पछिल्लो पुस्ताका चर्चित कलाकारहरु सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मालगायत कलाकारलाई फिचर गरिएको छ ।
थ्रिलर र सस्पेन्सलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको ट्रेलरमा माया पाउन हुने गरेका संघर्षलाई देखाउन खोजिएको छ । ट्रेलरले धनी र गरिबसँग हुने प्रेम सम्बन्ध तथा त्यसभित्रको संघर्ष देख्न सकिन्छ ।
सरोज पौडेलको निर्देशनमा बनेको ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ । पौडेलले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रको निर्देशक गरेका थिए । चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४२ देशमा एकसाथ रिलिज गर्ने तयारी छ ।
प्रकाशित: ३ भाद्र २०८२ १५:३० मंगलबार





