१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सुनिता दुलालको इन्गेजमेन्ट : शनिबार विवाह

गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा फोटोहरू साझा गर्दै उनले यसबारे जानकारी दिएकी हुन्। बिहे शनिबार (भोलि) काठमाडौंमा हुँदैछ।

इन्गेजमेन्टपछि तस्बिर साझा गर्दै उनले लेखेकी छिन्, ‘जीवनको नयाँ अध्याय-एक अर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा। हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रो सँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्। सुन्दर पलहरू’

चार वर्षदेखि प्रेममा रहेका उनीहरू आकर्षक पहिरनमा हर्षित देखिए।

प्रकाशित: १२ मंसिर २०८२ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App