४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’ फिल्मको फस्ट लुक्समा गहिरो भावमा सुहाना,साैगात र प्रकाश

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने  फिल्म ‘परालको आगो’ को फस्ट लुक्स सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ। तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन्। जहाँ सुहानाको सिउँदोमा सिन्दुर अनि निधारमा टीका लगाएकी छन्। तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ।

यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुञ्चे देखिन्छ। यी तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्ष फिल्मले उठान गर्ने अनुमान गरिएको छ।

पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुन सक्ने संकेत गर्छ।

यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बालकलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाकार संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजक कनाल कुँवर छन्।

त्यसै गरी फिल्मको भि.एफ.एक्स. समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरी ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्।

त्यसैगरी यो फिल्ममा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पार्श्वसंगीत किरण तुलाधर, संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ। फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन्।

फिल्ममा वेशभूषा डिजाइन सुजन परियार, श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन्।

यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रूपमा प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल छन्।

यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०८२ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App