२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

कथाकार काफ्ले ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट पुरस्कृत

शब्दयात्रा प्रकाशन, अक्षरधामले कथाकार कुमार काफ्लेलाई ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार- २०८२’ अर्पिएकाे छ। कथाकाे विधागत उन्नयनमा पुयाएकाे याेगदानकाे मूल्यांकन गर्दै उनलाई साे पुरस्कार अर्पिएकाे हाे।

नीलकण्ठेश्वर धाम बनेपामा एक कार्यक्रम साथ सम्पन्न कार्यक्रममा कथाकार काफ्ले र कमला महतलाई संयुक्त रूपमा 'रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार २०८२' अर्पिएकाे हाे।  

उक्त कार्यक्रममा प्रथम महिला मुख्य सचिव लिलादेवी गड्तौलालाई प्रशासनिक महिला प्रतिभा पुरस्कार, डा. शैन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार, लोकमान मास्केलाई संखुवासभा प्रतिभा पुरस्कार र सत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार अर्पिएको थियो।

त्यसैगरी रेणुका भट्टराई 'मञ्जरी' लाई कर्मशीलता पुरस्कार र कृष्णहरि मैनालीलाई काभ्रेपलान्चोक प्रतिभा पुरस्कार अर्पिएको थियो।

उक्त कार्यक्रममा डा. गोपाल पौड्याल ‘मण्डने’ काे ‘पवित्र समाजवाद’ कृति पनि सार्वजनिक गरिएको थियो।

प्रकाशित: १८ श्रावण २०८२ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App