२९ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

अनुमति नलिइ तस्बिर प्रयोग गरेपछि सोनाक्षीको आपत्ति

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले एक ब्राण्डको प्रचारको विषयलाई लिएर विवादमा आएकी छन् ।

उनको तस्बिर अनुमति नै नलिइ प्रयोग भएको भन्दै उनले सामाजिक सञ्जालबाट आपत्ति जनाएकी छन् ।  

आफूले गरेको सपिङलाई जोड्दै आफ्नो फोटो राख्नु त्यसमा पनि अनुमति नलिनु कानुन विपरीत रहेको बताउँदै उनले तत्काल हटाउन पनि माग गरेकी छन् ।

उनले आफ्नो अफिशियल इन्टाग्राममा लेखेकी छन्, ‘म सधैं अनलाइन सपिङ गर्छु । मैले सपिङ गरेको देखेर कतिपय कम्पनी र ब्रान्डले मेरो तस्बिर वेभसाइटमा राखेका रहेछन् । मेरो अनुमति बिना यसरी राख्न पाइन्छ ?’

उनले प्रश्नसँगै समाधान पनि आफ्नो पोस्टमा उल्लेख गरेकी छन् । उनले थप लेखेकी छन्, ‘जब कुनै कलाकार तपाईंको पहिरन र गहना लगाउछन्, तब एउटा पोस्ट गरिन्छ जसमा तपाईको ब्रान्डलाई पुरा क्रेडिड दिइन्छ । तर ती तस्बिरलाई तपाईंको देखाउनू । यो बढी भएन्  र ?’  

उनले चुनौती दिँदै तत्काल तस्बिर हटाउन सुझाएकी छन् । नत्र सार्वजनिक रुपमा एक्सन लिने चेतावनी सोनाक्षीको छ । सोनाक्षीलाई अर्की अभिनेत्रि तब्बूले पनि साथ दिएकी छन् । सोनाक्षीको पोस्टमा रिपोस्ट गर्दै तब्बूले लेखिकि छन्, ‘धन्यवाद सोनाक्षी, सेम टु सेम थट ।’

प्रकाशित: १८ भाद्र २०८२ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App