४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जेन-जी आन्दोलनपछिको विकसित घटनाले यो वर्ष भएन सिस्नुपानी देउसी

हरेक वर्ष तिहारका बेला हुने व्यङ्ग्यात्मक तथा सन्देशमूलक सिस्नुपानी देउसी– भैलो कार्यक्रम यो वर्ष भने हुन सकेन्।  

यो कार्यक्रम विगत २७ वर्षदेखि निरन्तर चल्दै आएको थियो ।  

विगतमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितिमा हुँदै आएको लोकप्रिय कार्यक्रमले यो वर्ष भने निरन्तरता पाउन सकेन ।  

सिस्नुपानी नेपालका प्रमुख मनोज गजुरेलले यो वर्ष देउसी–भैलो कार्यक्रम हुन नसक्नुको कारण बताउँदै भने, ‘जेन जी आन्दोलन र त्यस पछि भएका तीव्र राजनीतिक घटनाक्रमका कारण विषयवस्तुको तयारी गर्न पर्याप्त तयारी समय भएन। त्यसमाथि हाम्रो कलाकारहरु पनि आआफ्नो काममा व्यस्त हुनुभयो।’

विगतका वर्षमा दशैं सकिनसाथ कार्यक्रम सुरु हुने गर्दथ्यो भने यो पटक जेन जी आन्दोलन र त्यसपछि भएका तीव्र राजनीतिक  परिर्वतनका कारण आउन नसकेको सिस्नुपानीले जनाएको छ । 

प्रकाशित: ८ कार्तिक २०८२ १६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App