१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

प्रेमीसँग मंसिर १३ गते लगनगाँठो कस्तै गायिका सुनिता

लोकगायिका सुनिता दुलाल आगामी मंसिर १३ गते विवाह गर्ने भएकी छन्।  

सिन्धुपाल्चोक स्थायी घर भएकी र हाल भक्तपुरमा बस्दै आएकी दुलालले रुकुम पश्चिम स्थायी घर भई काठमाडौंमा बसोबास गर्दै आएका राजेश केसीसँग वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी हुन्।

दुलालको उमेर करिब ३५ वर्ष र केसी ३६ वर्षका रहेका छन्। उनीहरूबीच करिब ४–५ वर्षदेखि प्रेम सम्बन्ध रहेको परिवार स्रोतले जनाएको छ। केसी नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत भइसकेका कारण राजनीतिक वृत्तमा पनि चिनिएका व्यक्तित्व मानिन्छन्। हाल उनी निर्माण व्यवसायमा सक्रिय छन्।

परिवारका अनुसार दुलाल–केसी दम्पतीको विवाह समारोह मंसिर १३ गते नै सम्पन्न हुनेछ। सोही दिन काठमाडौंको मुलपानीस्थित ग्रान्ड नर्ली होटल एण्ड रिसोर्टमा वैवाहिक भोज आयोजना गर्ने तयारी गरिएको छ।

 

प्रकाशित: १ मंसिर २०८२ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App