१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

दु:खी आत्मा

लघुकथा

अगेनोको छेउमा थाङ्नामा ऊ लडेको थियो l भरभराउँदो आगोको राप र हावासँग तरङ्गित हुँदै आइरहेको आवाजको स्पर्शले सञ्जीवनीको काम गर्‍याे I ऊ बिस्तारै चलमलायोl विगत र वर्तमानले पिल्सिएका र अँध्यारो भविष्य सम्झेर पिरोलिरहेका बुढाबुढी गह भिजाउँदै बह पोखिरहेका थिएl

तीनै जनाकाे आँखा एकैपटक जुधेl ऊ झन्कियो l उनीहरूलाई झम्टुला जस्तो गर्‍याे l बुढाले हत्तपत्त हातको लौरोलाई डण्डी बनाए l ऊ बियोझैं सडकमा पछारिन पुग्योl

बुढा बम्किए, ‘आखिर आफ्नो स्वभाव देखाइहालिस् होइन बेइमान? कठाङ्ग्रिएर मर्न लागेकालाई जीवनदान दिएँl उल्टो ठुङ्न पो खोज्दो रहेछl’

सल्ल बग्नुअघि ऊ फनक्क फर्क्यो l सुस्केरा हाल्यो अनि व्यङ्ग्य गर्दै भन्यो, ‘मेरो स्वभाव चिन्नेले आफ्ना नेताहरूको स्वभाव किन नचिनेको दु:खी आत्माहरू!’

- नवराज शर्मा

प्रकाशित: १५ कार्तिक २०८२ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App