२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘झरीपछिको इन्द्रेणी’ हेर्न रविसँगै रास्वपा नेताहरू हलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरू मंगलबार साँझ सामूहिक रूपमा चलचित्र हेर्न हल पुगेका छन्।

उनीहरू काठमाडौंको कमलपोखरीस्थित ‘बिग मुभिज’ मा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को विशेष शोमा सहभागी भएका हुन्।

जेन-जी पुस्ताको मनोविज्ञान र सामाजिक पृष्ठभूमिमा केन्द्रित रहेको यस चलचित्र हेर्न सभापति लामिछानेसहित रास्वपाका अन्य नेताहरू, समानुपातिक उम्मेदवार समेत रहेका गायक प्रकाश सपुत र वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि हलमा पुगेका थिए।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रलाई चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे) ले डेब्यु निर्देशन गरेका हुन्।

चलचित्रका लागि काठमाडाैं महनगरका मेयर बालने शाहले समेत गीत गाएका छन्। बालेनले पनि यसअघि चलचत्र हेरिसकेका छन्। उनले सामाजिक संजाल मार्फत् चलचित्र राम्रो भएको र सबैलाई हेर्न आग्रह समत गरेका थिए। 

चलचित्रको लेखनमा कुमार व्यञ्जनकारले सहकार्य गरेका थिए। कुमार बालेन निकट हुन्। उनले रास्वपा र बालेनबिच सहकार्यका लागि भूमिका समेत खेलेका थिए। सोही कारण चलचित्र निर्माण पक्षको अनुरोधमा रविसहितका नेताहरु हल पुगेका हुन्।

प्रकाशित: १५ पुस २०८२ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App