२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

रोटी

कविता

रोटी बेलेर खाए पनि भयो

नबेली सिधै पानीमा

घोलेर पकाए पनि बन्छ

रोटी

टर्छ भोक

खानु हो

भोकको विष मार्नु हो

स्वादको परख गरी बस्न त

बादसाह हुनुपर्‍याे !

नुनमा चोपेर खाए पनि भयो

तिहुनमा चोपेर खाए पनि भयो

ऋण काढेर खानु नपरे

आँगमा लाग्थ्यो

परिवर्तित समयमा

चन्द्रमा हेरेर

रोटीको कल्पना

गरी बस्नु पर्दैन कि

सुकुमबासी बस्तीकाे माने गम छ

सुकुमबासी भइरहन पनि

कहाँ दिइयो र समयले

भत्काई लग्यो डोजर आँधीले

रोटी पकाउने मझेरी!

ओभन जडित आधुनिक

चुलाका रोटी खाएपछि

सुकुमबासी बद्लिन्छ

शहरियामा

जसरी बद्लिन्छ

सुकिलो सगरमा चाँदनीको अनुहार!

समयले छरिरहेछ

सुकुमवासी बस्तीमा

मीठो सपनाको रोटी!

प्रकाशित: २२ जेष्ठ २०८३ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App