२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री भारत प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निम्तोमा उनी शुक्रबार भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।  

भ्रमणमा जानु अघि उनले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई यस भ्रमणले बलियो बनाउने र आफ्नो भ्रमण फलदायी हुने बताए।  

‘लामो समयपछि औपचारिक रूपमा नेपाल सरकारको प्रतिनिधिको रूपमा भ्रमण हुँदै छ, मूल रूपमा दुई पक्षीय उच्च स्तरीय संवादको स्वरुप र त्यस मार्फत दुई पक्षमा रहेका विभिन्न खाले पक्षहरू र सहकार्यका विषय अगाडि बढाउने छु’, उनले भने।  

रास्वपा सभापति रवि लामिछाने पार्टीको नेतृत्व गरेर भारत गएको भन्दै उनले आफू भने पूर्वनिर्धारित कार्यक्रम अनुसार भारत जान लागेको बताए।  

प्रकाशित: २२ जेष्ठ २०८३ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App