२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

तण्डुकारलाई सम्मान

सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन् २००१ मा ‘मिस्टर काठमाडौं’ को उपाधि जितेपछि धीरज तण्डुकार मोडलिङ र ग्ल्यामर क्षेत्रमा सक्रिय छन्। तण्डुकारलाई बेलायतमा सम्मान गरिएकाे छ। उनलाई बेलायतको एपेक्स हेल्थ केयर सेन्टरले ‘बेस्ट प्रोफेसनल्ली ड्रेस’ विधाको अवार्डबाट सम्मान गरेको हो।

सम्मानित उनले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड पाउँदा गर्वले छाती चौडा भएको र यो सम्मानलाई आफूले गरेको मेहनतको प्रतिफलका रूपमा लिएको पनि बताए।

तण्डुकार इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक हुन्। उनले इभेन्ट बेटर ग्यालेक्सी स्थापना गरेर झण्डै २४ वर्ष विभिन्न प्रकारका प्रतियोगिता, फेसन शो र कार्यक्रमहरूको आयोजना गर्दै बिताएका थिए।

उनको संस्थाले ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, ‘नेसनल किड्स अफ द इयर’, ‘मिसेस क्विन नेपाल’, ‘मिस्टर एन्ड मिस टिन’, ‘मोडल हन्ट’, ‘फेसन एन्ड स्टाइल’ लगायत अनेकौं फेसन शो आयोजना गरेका छन्।

फुटबल खेलाडीहरूलाई समेटेर ‘ग्ल्यामर एन्ड स्पोट्र्स’ तथा ‘नाडा अटो शो’ जस्ता कार्यक्रम समेत सञ्चालन गरिसकेका छन्। उनले केही फिल्ममा अभिनय र मोहन भुसाल, निर्णय श्रेष्ठ लगायतका गायकको म्यूजिक भिडियोमा पनिअभिनय गरेका छन्।

एक वर्षयता परिवारसहित बेलायतमा बस्दै आएका धीरजले त्यहीँ नेपाली कला, संस्कृति र फेसनसँग जोडिएका कार्यहरू गर्दै आएका छन्। ‘बेलायत पुगेपछि नेपालप्रतिको माया झन् बढेको छ। यहाँ कामको व्यस्तता भए पनि समय निकालेर नेपाली कला, संस्कृति र फेसनसँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहभागी भइरहेको छु’, उनले भने।

धीरजले लण्डनमा भएको भिक्टोरिया महोत्सवमा भएको रोड शोमा धीरजसहित त्यहाँका नेपालीहरुले नेपाली र नेवारी पहिरनमा सजिएर धिमे बाजासहित सहभागिता जनाउँदै सबैले प्रशंसा गरेको अनुभव सुनाए।

धीरजले लन्डनमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले एउटा कम्पनी स्थापना गरेको बताए। जुन कम्पनीले पाचपुचः गुठीसँग मिलेर म्हपूजा, बिस्केट जात्रा लगायतका कार्यक्रमहरू आयोजना गरेका छन्। धीरज र उनको टिमले गुफा राख्ने संस्कारदेखि पास्नी, व्रतबन्ध, विवाह र मृत्युसम्मका परम्पराहरूलाई एउटै फेसन शोमार्फत प्रस्तुत गरेका थिए।

प्रकाशित: २७ श्रावण २०८३ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App