चलचित्र ‘बाः एक योद्धा’ को प्रदर्शन मिति स्थगित भएको छ। बुधबार आएको विनाशकारी बाढीका कारण चलचित्रहरुको मिति स्थगित हुने क्रममा छ।
यसअघि ‘ककाकिकी’, ‘‘माया भनेकै यस्तो होला’ र अब भने ‘बाः एक योद्धा’ भदौ १९ भदौदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र पनि स्थगित भएको छ।
निर्माण टिम अनुसार –‘पहिला हाम्रा मानिसहरू,पहिला मानवता यस्तो संवेदनशील समयमा चलचित्र ‘बाः एक योद्धा’ को प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छौँ।’
उनले थपे–‘अहिले मानवता र हाम्रा मानिसहरूको सुरक्षा ठूलो हो ियसै कठिन घडीमा प्रभावित तथा उद्धार–राहतको आवश्यकता रहेका परिवारहरूका लागि हाम्रो चलचित्र परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २ लाख सहयोग गर्ने निर्णय गरेका छौँ। सक्ने सहयोग गरौँ, एकअर्काको हात समाऔँ। आफ्नो लागि होइन,आज आफ्ना मानिसहरूका लागि उभिऔँ।’
निर्माण टिमले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ। त्यस्तै निर्माण युनिटले चलचित्रको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको छ।
प्रकाशित: १५ भाद्र २०८३ १७:४९ सोमबार





