२७ वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘काजी’को प्रदर्शन मिति घोषणा

विपिन कार्की स्टारर चलचित्र ‘काजी’ले प्रदर्शन मिति घोषणा गरेको छ। आइतबार निर्माण टोलीले प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

अभिनेता कार्कीले चलचित्रलाई लिएर आफू निकै उत्साहित भएको बताए। यसले आफ्नो अघिल्लो सिनेमाले जस्तै दर्शकलाई सरप्राइज बनाउने बताए। अभिनेत्री केकी अधिकारी काजीको कजिनीको रुपमा प्रस्तुत छिन्। काजी क्लासिक लभस्टोरी सिनेमा हो। यसको प्रेमिल प्रिभ्यूले दर्शकमाझ कौतुहल्ता सिर्जना गर्न सफल हुने निर्माण टिमको विश्वास छ। विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएकाले यसलाई दर्शकले रुचाउने देखिन्छ। प्रिभ्युमा सिनेमाको मेकिङ ग्राण्ड र त्यसमा समावेश संवादले दर्शकको ध्यान खिच्न सफल देखिन्छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत छ।

प्रकाशित: ६ वैशाख २०८३ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App