बलिउड अभिनेता रणवीर सिंह प्रायः विवादमा परिरहन्छन् । यो पटक भने अभिनेता र चलचित्र ‘धुरन्धर’ दुवै विवादमा परेका छन्। एक दशक भन्दा बढी लगातार चलचित्रमा सफल यात्रा गरेका रणवीर सिंहको हालसम्मकै सर्वाधिक कमाउने चलचित्र धुरन्धरले हलमा दमदार प्रदर्शन गरिरहेको छ। व्यापारका साथै चलचित्रले निकै विवाद र आलोचनाको सिकार बने पनि धुरन्धरको कमाइमा भने खासै असर परेको छैन।
एक दशकभन्दा बढी बलिउडमा बिताएका रणवीरले बलिउडमा मारेको छलाङ धेरैका लागि अपत्यारिलो छ । उनी अहिले बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता मध्येमा पर्छन्। यो पटक भने रणवीर र धुरन्धर दुवै विवादका सिकार बनेका थिए।
के हो विवाद अभिनेता र धुरन्धर ?
४० वर्षीय रणवीर प्रायः आफ्नो पहिरन र अभिव्यक्तिका कारण आलोचनाको सिकार भई नै रहन्छन्। चलचित्र धुरन्धरको समय आफू भन्दा २० वर्ष सानो उमेरको अभिनेत्री सारा अर्जुनसँगको चलचित्रमा अभिनयका कारण रणवीर सामाजिक सञ्जालमा निकै आलोचना पाएका थिए।
चलचित्र धुरन्धरको अर्को विवादको सिकार बन्यो शहीद मेजर मोहित शर्माको भूमिका । जब शर्माका बुवा आमाले अनुमतिबिना नै चलचित्रमा छोराको पात्र राखेको भनेर आरोप लगाइयो। यो मुद्दा अदालतसम्म पुग्न गएको थियो।
धुरन्धर प्रदर्शनको केही समय अगाडी नै एक अवार्ड कार्यक्रममा जब कन्नड चलचित्र कान्तारा च्याप्टर १ लाई लिएर विवादमा परेका थिए रणवीर। कारण कन्नड समुदायको देवी चामुन्डा माताको नक्कल गरेका कारण रणवीरले चौतर्फी आलोचना पाएका थिए।
बेहरान, कुवेत, ओमान, कतार, साउदी अरब, युएईमा कैयौँ विवाद र पाकिस्तान विरोधी कारण यी देशमा धुरन्धरमा रोक लगाइयो।
कैयौँ आरोप प्रत्यारोपलाई पार गरेर धुरन्धर वर्षकै सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थान पाउन सफल भएको छ।
प्रकाशित: ८ पुस २०८२ १५:०९ मंगलबार





