रामगीता वाङ्मय मन्दिर नेपाल-अमेरिकाले पुरस्कारका लागि कृतिकाे आह्वान गरेकाे छ।
संस्थाको २०८० वैशाख १० गतेको घोषणाबमोजिम स्थापना गरिएका विभिन्न चार पुरस्कारमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ’प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ का लागि २०८०/२०८१ मा प्रकाशित कृतिहरूको मूल्याङ्कनका लागि कृति दर्ता आह्वान गरिएको छ।
साथै नाट्यतर्फको ‘अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार’ का लागि पनि २०८०/२०८१ सालमा प्रकाशित नाट्यकृतिको मूल्याङ्कनका लागि कृति दर्ता आह्वान गरिएको छ। उक्त पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकाले नाट्य क्षेत्रमा योगदान दिने प्रतिभालाई मात्र प्रदान गरिनेछ।
कार्यक्रममा इच्छुक स्रष्टा र प्रकाशकले २०८२ साल मङ्सिर मसान्तभित्र सबै विधाका आफ्ना ४/४ कृति दर्ता गराउन अनुरोध गरिएकाे छ। दुवै पुरस्कार ५० हजार रूपैयाँ नगद राशिकाे साथ सम्मानपत्र रहेको छ।
नेपालमा पुस्तक दर्ताका लागि पेज टर्नर प्रालि बागबजार, काठमाडौं, सिटीम्याक्स सिनेमा भवनको पहिलो तला कोठा नं. २०६, फोन मोबाइल ९७७-१-५९१३७७१, ९८५१२३६६२३- जयराम तिमल्सिना रहेकाे छ। यसका साथै साहित्यकार निरज दाहाल, महेश पौड्याल र भवानी खतिवडासित पनि सम्पर्क गर्न सकिने भएकाे छ।
प्रकाशित: १४ कार्तिक २०८२ ११:०० शुक्रबार





