१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

रामकृष्ण ढकालले पनि सार्वजनिक गरे गालीगलौज गर्नेहरूको आइडी

गायक रामकृष्ण ढकालले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

ढकालले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन्।

उनले लेखेका छन्,'यी तस्बिरहरू सार्वजनिक गर्नुअघि म गरौँ कि नगरौँ भनेर द्विविधामा पनि परेँ । तर, धेरै सोचेपछि म यो निष्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलहम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउनेछन् । अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैँसे गरिरहेको हुनेछु भन्ने लाग्यो ।'

ढकालले आफूलाई अभद्र टिप्पणी गर्नेहरू केही प्रहरीको हिरासतमा रहेको र केही निगरानीमा रहेको पनि बताएका छन्। उनले लेखेका छन्,'यी सबै कुरा मनन गरेर मैले यी तस्बिरहरू सार्वजनिक गरेको छु । यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए । केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए ।  यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन् भने केही निगरानी र खोजीको सूचीमा छन् ।'

यसअघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आइरहेका छन्। 

प्रकाशित: ३१ असार २०८२ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App