युवा प्रधानमन्त्री कम बोल्थे। कार्यालयमा विशाल नेपालको फोटो झुन्ड्याएका थिए। एक दिन सदनमा बोले, "भारतले मात्र होइन, नेपालले नि भारतको सिमाना मिचेको छ।"
भारतीय शासकको हृदयमा घण्टी बज्यो। पहिले पनि "साझा नदी" भनेर पूर्वप्रधानमन्त्रीले हेलिकप्टर उपहार पाएका थिए। तत्काल भारत भ्रमणको निम्तो आयो। राता कार्पेट तयार भए। एकाथरी विद्वान्ले लख काटे, "अब भारतले अनुदानको वर्षा गराउने भयो।"
अर्काथरी बुद्धिजीवी भन्दै थिए, "कहाँकहाँ सिमाना बेच्ने सम्झौता हुने हो!"
लठेप्रा जनता खाडीको आमदानीमै मस्त थिए।
प्रकाशित: २१ असार २०८३ ०९:३६ आइतबार





