२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रक्षा बमको व्यङ्ग्य: हरियो रंगमा निलो पोत्नु सरकारको सफलता हो भने ठिकै छ

'दलित समुदायसँग माफी मागेजस्तै व्यवहारमा देखाउन सरकार असफल'<br>

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान सरकारले दलित, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

हालै निर्वाचन आयोग र विभिन्न विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गर्दा एक जना पनि महिला तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व नगराइएको भन्दै सरकार समतामूलक नभएको बताएकी हुन्। 

उनले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरूको सिफारिस तथा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति हुँदा महिला नेतृत्वलाई बेवास्ता गरिएको र सीमान्तकृत समुदायको प्रतिनिधित्वसमेत नदेखिएको बताइन्। 

उनले सरकारले संसदबाट दलित समुदायसँग माफी मागे पनि व्यवहारमा राज्यका महत्वपूर्ण निकायमा प्रतिनिधित्व गराउन सरकार असफल भएको बताएकी छन्।  

'निर्वाचन आयोगमा प्रमुख र आयुक्तज्यूहरूको सिफारिस भयो। विश्वविद्यालयहरूमा उपकुलपतिज्यूहरू नियुक्त भए। तर ती नियुक्तिहरूमध्ये एक जना पनि महिला परेनन्। सीमान्तकृत समुदायहरूको प्रतिनिधित्व पनि देखिएन। माग्न त सरकारले संसदबाटै दलितहरूसँग माफी मागेको थियो तर दलित तथा सीमान्तकृत समुदायहरूबाट प्रतिनिधित्व गराउन किन आवश्यक ठानेन?' उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'सरकारले हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त ठीकै छ। होइन भने, पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ।’  

प्रकाशित: २१ असार २०८३ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App