१९ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘पेन्सन पट्टा’को कमाइ ९ करोडमाथि, ‘गौंथली’को कति ?

चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका नयाँ नेपाली चलचित्रहरूको सोमबार बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

निर्देशक तथा अभिनेता माओत्से गुरुङको चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आएको हो। यसको बक्स अफिस मजबुत देखिएको छ। चलचित्रले असोज १८ सम्म नौ करोड १३ लाख रुपैयाँको व्यापार गरेको छ। भने तीन लाख २१ हजार तीन सय ६२ ले अहिलेसम्म हेरेका छन्।  

कपिल रिजाल निर्देशित ‘गौंथली’ साउन एक देखि प्रदर्शनमा आएको चलचित्रले बक्स अफिस कलेक्शन २६ करोड एक लाख पुगरेको छ। भने नौ लाख ४४ हजार दुई सय ६३ वटा टिकेट बिक्री भएको छ।

यो सँगै नीता ढुंगानाको निर्देशनमा रहेको चलचित्र ‘पार्वती’ ले दुई करोडमाथिको कलेक्शन गरेको छ। भदौ १२ देखि प्रदर्शनमा आएको यो चलचित्रले सोही अवधिमा दुई करोड २९ लाखको कलेक्शन गरेको छ। भने ८१ हजार पाँच सय ९२ ले हेरेका छन्।

त्यसैगरी, साशन कँडेलको निर्देशनमा बनेको चलचित्र ‘बेहुली’ भदौ २६ देखि प्रदर्शनमा आयो। यसले सोही अवधिमा करिब तीन करोडको व्यापार गरेको छ। ‘बेहुली’ ले अहिलेसम्म दुई करोड ९९ लाख रुपैयाँको कलेक्शन गरेको छ। भने एक लाख छ हजार चार सय ४९ जनाले हेरेका छन्।

प्रकाशित: १९ आश्विन २०८३ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App