६ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘पेड्डी’ २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म

दक्षिण भारतीय फिल्म ‘पेड्डी’ कैयौँ विवाद पार गरेर प्रदर्शनमा आएको केही दिन भएको छ। प्रदर्शनको केही दिनमा यसले सिनेमाघरसम्म दर्शक तान्न सफल भएको देखिन्छ।

निर्देशक बुच्ची बाबु सानाको निर्देशनमा बनेको फिल्म ‘पेड्डी’ ले बक्स अफिसमा सफलता हासिल गरेको छ। फिल्मले उत्कृष्ट प्रतिक्रिया र दर्शकहरूको व्यापक समर्थनका कारण प्रदर्शनको केवल ९ दिनमै विश्वभरबाट ३६६ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

यस उपलब्धिसँगै ‘पेड्डी’ सन् २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बनेको छ। निर्माताहरूले सामाजिक सञ्जालमार्फत फिल्मले ९ दिनमै ३६६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन्।

फिल्ममा राम चरण मुख्य भूमिकामा रहेका छन्। साथै शिव राजकुमार, जाह्नवी कपूर ‘अचियम्मा’ को पात्रमा देखिएकी छिन् भने दिव्येन्दु शर्मा र जगपति बाबुले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

‘पेड्डी’ लाई दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। सकारात्मक समीक्षाहरू र वर्ल्ड अफ माउथका कारण फिल्मको कमाइ निरन्तर बढिरहेको छ।

फिल्मको विश्व प्रिमियर ३ जुन २०२६ मा गरिएको थियो भने ४ जुन २०२६ देखि विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन सुरु भएको थियो। अहिले ‘पेड्डी’ वर्षकै सबैभन्दा सफल दक्षिण भारतीय फिल्मका रूपमा चर्चामा रहेको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App