अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। सुनिल दवाडी नामक यूट्युव च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्।
सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एक अर्का बीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले गरेका हुन्।
गायक धुब्र विक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।
यसअघि अनिता गिरीले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’ रहेको छ। उनी म्युजिक भिडियोमा सीमित रहेकी छैनन्।
यस अन्तरालमा आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभियन गरिसकेकी छन्। फिल्म ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’, ‘आउट ल’ लगायतमा उनको अभिनय छ। जुन फिल्महरू प्रदर्शनमा आइसकेका छन् भने केही आउने तयारीमा रहेको गिरीले बताइन्। अनिता पछिल्लो समय व्यस्त मोडल तथा अभिनेत्री समेत हुन्।
प्रकाशित: ३ पुस २०८२ ०८:३५ बिहीबार





-600x400.jpg)