२० असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मुक्तककार पार्वती भट्टको ‘शीतको समुद्र’ लोकार्पण

साहित्यिक पत्रकार संघले मुक्तककार पार्वती भट्टको "शीतको समुद्र" मुक्तकसंग्रहकाे लोकार्पण गरेकाे छ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. तुलसीप्रसाद भट्टराई लगायतले सो कृतिको लोकार्पण गरेका थिए।

कार्यक्रममा लोकार्पित कृति "शीतको समुद्र"को वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षा गरेका थिए। उनले सङ्ग्रहमा भएका मुक्तकहरू अत्यन्त प्रभावशाली भएको बताउँदै मुक्तक विधामै साधनारत पार्वती भट्टको यो पुस्तकका आधारमा उनलाई नेपाली साहित्यको महत्त्वपूर्ण मुक्तककार भन्न सकिने धारणा राखे। उनले नेपाली मुक्तकको विकासबारे पनि व्याख्या गरेका थिए।

मुक्तककार पार्वती भट्टले साहित्यप्रतिको रुचि वंशानुगत  रूपमै आफूमा रहेको बताउँदै घर, परिवार, आफन्त र साहित्यकारहरूबाट प्राप्त ऊर्जा र उत्प्रेरणाका लागि सबैप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू ज्ञानुवाकर पौडेल, प्राज्ञ विवश पोखरेल, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठ, कृतिकार पार्वती भट्टले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।

यसैगरी सो कार्यक्रममा कृतिका प्रकाशक क्यानडाबासी रेडियोकर्मी प्रीति भट्टले आकर्षक भरत नाट्यम नृत्य प्रस्तुत गर्नुभयो भने "आमा" कविता पनि वाचन गरेका थिए।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे

कार्यक्रममा कृतिकारका रमभाइ केशवराज भट्ट, श्रीमान् डा. मोहनप्रसाद भट्ट लगायतले पनि मन्तव्य राखेका थिए।

कवि गोकुल अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा लोकार्पित कृति "शीतको समुद्र" बाट कविहरू सीता आस्था ढुङ्गेल र मीना चौलागाईंले २/२ वटा मुक्तक वाचन गरेका थिए।

कवि मुरारि सिग्देलले सहजीकरण गरेको सो कार्यक्रममा विशिष्ट अतिथिहरू सांसद मनु विश्वकर्मा, वरिष्ठ साहित्यकारहरू पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, भागीरथी श्रेष्ठ, कलानिधि दाहाल, शंकर भारती, शेखर ढुङ्गेल (अमेरिका), डा. भरत भट्टराई, सुनिल अधिकारी, ममता मृदुल, राजेन्द्र के. सी., बादल घिमिरे, उषा के.सी., रमेश दाहाल, ज्ञाननिष्ठ ज्ञवाली, पवन बुढाथोकी, निलान्जना भारद्वाज, दिलानन्द जोशी (डोटी), डी. आर. राई, नीरा श्रेष्ठ,  दुर्गाकिरण तिवारी, तारा सुवेदी, सानुराजा अन्जान, सरला पोखरेल सरु, अविकेशर ओली, रेणुका भट्ट , करिष्मा कुँवर लगायतको बाक्लो उपस्थिति थियो।

प्रकाशित: २० असार २०८३ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App