९ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अर्पण

लघुकथा

शारीरिक  तन्दुरुस्तीका लागि बिहान  एक डेढ घन्टा हिड्ने मेरो बानी छ। यो मेरो वर्षौंदेखि चलिरहेको नियमित कार्य हो। त्यसै क्रममा एकदिन बिहान हिंड्डुल गरेर  घर के आइपुगेको थिएँ , सयपत्री फूल र ग्रीन प्लान्ट  बिच  शास्त्रार्थ चलिरहेको रहेछ।

सयपत्री  फूल  -  तिमीले कहिल्यै घामको मुख देख्न पाउँदैनौ हगि! हामी त जाडोमा कति पहार ताप्छौं।

ग्रीन प्लान्ट -  बर्खामा  असिनापानीको चोट खाएर छियाछिया पनि त बन्छौ नि! हामीलाई त हाइसुख छ।

सयपत्री फूल - संघर्षले त बलियो बनाउँछ नि। त्यही भएर त तिमी कमजोर छौ।

ग्रीन प्लान्ट - अनि के भो त! जे जस्तो भए पनि हामी  त मालिकको बैठक कोठामा ठाँटले  बस्न पाएका छौं। तिमीलाई सधैं करेसाबारीमा बस्न परेको छ।

सयपत्री फूल -  करेसाबारीमा भएर के भो त! आस्थाले मन्दिरभित्र पुग्ने हामी नै हो।

प्रकाशित: ९ श्रावण २०८३ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App