४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

विनेसा महासंघ ललितपुरकाे अध्यक्षमा पुन: निता श्रेष्ठ

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको तेस्रो अधिवेशन भएकाे छ।

ललितपुर शाखाको अध्यक्ष निता श्रेष्ठको अध्यक्षता र वरिष्ठ साहित्यकार विधान आचार्यकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष अर्थात् विश्व नेपाली साहित्य महासंघ केन्द्रको सल्लाहकार मणिराज सिंह, वाग्मती शाखाका अध्यक्ष तोयानाथ सुवेदी, नेपाल शाखाका उपाध्यक्ष रविन्द्र आशिष् शैली, महासचिव अञ्जु सुवेदी, सुनिल पुरी, भारती बस्याल लगायत ४० साहित्यकारको उपस्थिति रहेको थियो।

तेस्रो अधिवेशनले पुन: निता श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति पुनर्गठन गरेको छ।

कल्पना मरासिनी वरिष्ठ उपाध्यक्ष, श्यामप्रसाद श्रेष्ठ उपाध्यक्ष, गीता खनाल महासचिव,सुधा मिश्र सचिव, शारदा आचार्य सहसचिव, योगाज राजन कोषाध्यक्ष भएका छन्। त्यस्तै सदस्यहरूमा दिनेशकुमार शर्मा, गंगा दहाल, लिलाराज दहाल, भारती बस्याल, कविता लामा र स्नेहा झा छन्।

संस्थाले कार्य समिति पुनर्गठनपछि सल्लाहकार मनोनित गरेका छ्न्। जसमा मणिराज सिंह, सुलोचना मानन्धर धिताल, प्रा. रामकुमार पाँडे, भागिरथी श्रेष्ठ, पद्मावती सिंह, शेखर गिरी, किशोर पहाडी, प्रदीप बम्जन, प्राडा पुनम झा, डा. रमेश शुभेच्छु, श्रीराम पाण्डेय, गंगा सुवेदी र रविन्द्र आशिष् शैली छन्।

कार्यक्रममा श्यामप्रसाद श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। गिता खनालले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन पनि गरिएको थियो। कार्यक्रममा २० कविले कविता वाचेका थिए।

कार्यक्रम ललितपुर, इमाडोलस्थित बोजेपोखरीको बी बर्गर हाउस एण्ड क्याफेमा भएको हाे।

प्रकाशित: ६ पुस २०८२ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App