१९ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

स्वस्तिमासँगको तस्बिर राख्दै निश्चल लेख्छन् : धन्न बिहे गरिहालिएछ, नत्र त सिंगलै भइने रहेछ

निर्देशक निश्चल बस्नेतले अभिनेत्री एवं श्रीमती स्वस्तिमा खड्कासँगको तस्बिर राख्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक पोस्ट गरेका छन्।

निश्चलले तस्बिरसँगै लेखेका छन्, ‘धन्न बिहे गरिहालिएछ। नत्र त सिंगलै भइने रहेछ।’

उनको यो पोस्ट प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिबाट प्रेरित देखिन्छ। कांग्रेसको १५औं महाधिवेशनमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री शाहले त्यसको प्रतिकार गर्दै आइतबार राति फेसबुकमा आफू काठमाडौंको मेयर हुँदा गरेको कामको प्रसंग उल्लेख गरेका थिए।

शाहले लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

शाहको उक्त पोस्टपछि सामाजिक सञ्जालमा यही शैलीमा व्यंग्यात्मक पोस्ट गर्ने क्रम बढेको छ। निश्चलको पोस्टलाई पनि त्यही ट्रेन्डको निरन्तरताका रूपमा हेरिएको छ।

सामाजिक सञ्जालमा अहिले ‘धन्न...’ शैलीका यस्ता पोस्टहरू चर्चामा आएका छन्।

प्रकाशित: १९ आश्विन २०८३ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App