सिसारले साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन गरेकाे ‘निर्मला बराल व्यक्ति र कृति’ लाेकार्पण गरेकाे छ।
साहित्यकार विजयध्वज थापाकाे अध्यक्षता तथा साहित्यकार भागिरथी श्रेष्ठकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे हाे।
कार्यक्रमका सभाध्यक्ष विजयध्वज थापा, प्रमुख अतिथि भागिरथी श्रेष्ठ, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, गायक लोचन भट्टराई, बराल पुत्रहरू - निरज र धिरज लगायतले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।
लघुकथाविद् लता केसी ‘लघुकथा अभिभावक’ का अनुसार कार्यक्रममा डा. सत्यराज थपलियालाई सिसारबाट सम्मान अर्पिएकाे थियाे।
कृतिमा उनकाे जीवन भाेगाइ, सङ्घर्ष जस्ता विविध विषय समेटिएकाे छ। बालकथा, लघुकथा जस्ता साहित्यकाे विविध विधामा उत्तिकै कलम चलाइरहेका बरालले ७२ वर्षको उमेरमा नातिनीसँगै १२ कक्षा पास गरेकी थिइन्।
प्रकाशित: १ असार २०८३ १२:३३ सोमबार





