८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

निराजन रेग्मीको कविता संग्रह 'समय निस्सासिएको प्रहर' सार्वजनिक

तस्बिर: किताब जात्रा

कवि निराजन रेग्मीको पहिलो कविता संग्रह 'समय निस्सासिएको प्रहर' सार्वजनिक भएको छ। यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको कविता संग्रहको भर्च्युअल विमोचन सुप्रसिद्ध कवि, गीतकार तथा सम्पादक विप्लव प्रतीक र सञ्चारकर्मी लक्ष्मण कार्कीले गरेका हुन्।  

५२ वटा कविता समेटिएको कविता संग्रह कवि तथा गीतकार विप्लव प्रतीकले सम्पादन गरेका छन्। कविता संग्रहमा विभिन्न समय र परिवेश समेटिएको सम्पादक प्रतीकले बताए।  

३ सय ९९ रूपैयाँ मूल्य राखिएको कविता संग्रह नेपालका विभिन्न पुस्तक पसलका साथै अनलाइनमा किताव यात्रामार्फत अर्डर गर्न सकिने यात्रा पव्लिसिङ हाउसका अध्यक्ष ऋषि अधिकारीले जानकारी दिए। 

प्रकाशित: २१ आश्विन २०८२ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App