२९ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिष अविरल र मेलिना राईको स्वरमा ‘ढाका टोपी शिरैमा’ रहेको गीत मंगलबार सार्वजनिक भएको हो।

गीतको भिडियोमा चलचित्रको प्रमुख कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का देखिएका छन् । गीतमा दानबहादुर कार्कीको र दिपक शर्माको सङ्गीत रहेको छ ।   

कृष्णबहादुर थापाले छायाङ्कन गरेको गीतको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यो चलचित्रको पहिलो गीत ‘बेला बितेसी’ बोलको गीत दुई हप्ता अगाडि नै सार्वजनिक गरिएको थियो । भने यो चलचित्रको दोस्रो गीत हो ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश, स्वस्तिमा र प्रकाशसहित प्रियङ्का कार्की, हरिहर शर्मा दिव्य देव, किरण  केसी, राजाराम पौडेल,दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । असोज १३ देखी प्रदर्शनमा आउने यो चलचित्रलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ । 

प्रकाशित: १७ भाद्र २०८२ १८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App