४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर: कलाकार हास्य मुद्रामा

चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रमा मुख्य पात्र वर्षा राउत, खगेन्द्र लामीछाने, बाल कलाकार साइमन वादी पोस्टरमा हास्य मुद्रामा देखिएक छन्।

साधारण पहिरणमा यी तीन कलाकार आकर्षक देखिएका छन्। पोस्टरमा खगेन्द्र र वर्षा अभिभावकको रुपमा देखिएका छन्। जसले अभिभावक र सन्तानकोबिचको गहिरो भावनात्मक सम्बन्ध र जीवनमा ल्याउने हर्षको प्रशंग जोडिएको प्रतित हुन्छ।

हर्षको टेलर कार्तिक १८गते सार्वजनिक हुनेछ भने मङ्सिर १२ गतेदेखि फिल्म रिलिज हुनेछ । यो चलचित्रमार्फत एकता पौडेलले निर्देशकमा डेब्यू गरेका छन्। चलचित्रको कथा निर्देशक पौडेलकै हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेका छन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन्।

‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादीका साथै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन र सिर्जना नापितलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: १४ कार्तिक २०८२ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App