२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सुरभि साहित्य प्रतिष्ठानमा नयाँ कार्यसमिति तथा स्रष्टा सम्मान

सुरभि साहित्य प्रतिष्ठान,जाेरपाटी, काठमाडौंले आज  १८औँ साधारण सभा, पुरस्कार अर्पण र आख्यान वाचन कार्यक्रम सम्पन्न गरेकाे छ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल प्रमुख अतिथि, वडा नम्बर ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, साहित्यकारद्वय नरेन्द्रराज पौडेल र अमर शाह विशेष अतिथि, साहित्यकार रामप्रसाद पन्त ,ठाकुर शर्मा भण्डारी अतिथि रहेका थिए।

पहिलो चरणको कार्यक्रमअन्तर्गत साधारण सभाबाट अध्यक्ष बाजुरामप्रसाद पौडेलकाे अध्यक्षतामा सुरभि साहित्य प्रतिष्ठानकाे नयाँ कार्यसमितिमा चयन गरिएकाे छ।

, उपाध्यक्ष मेनका आचार्य पोखरेल, सचिव अच्युत घिमिरे, सहसचिव नगेन्द्रप्रसाद भट्टराई ,कोषाध्यक्ष प्रमोद प्याकुरेल,सदस्यहरू आलोक चालिसे र रविन्द्र चापागाईलाई नयाँ कार्यसमितिमा निर्वाचित गरियो।

दोस्रो चरणको कार्यक्रममा पुरस्कार अर्पण गरियो। सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार -२०८३ बाट लघुकथाकार खेमराज पोखरेल, सुरभि वेदमणि आख्यान वाचन पुरस्कार -२०८३ बाट निर्मलरमण पराजुली, सुरभि प्रह्लाद चालिसे नारी आख्यान पुरस्कार- २०८३ बाट साहित्यकार इन्दिरा दीक्षित र सुलेख आख्यान प्रतिभा पुरस्कार २०८३ बाट साहित्यकार तथा अनुसन्धाता सुनिता भट्टराईलाई सम्मान अर्पण गरियो।

पुरस्कृत व्यक्तित्वको परिचय संस्थाका संरक्षक वरिष्ठ समालोचक युवराज मैनालीले दिएका थिए। यसरी नै कथाकार महेन्द्र चालिसे, अमर शाह र गायत्री चापागाईंबाट कथावाचन गरिएकाे छ।

प्रकाशित: १७ श्रावण २०८३ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App