१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात

काठमाडौंमा नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात भएको छ।

नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई सुरक्षित गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले संग्रहालयको औपचारिक सुरुवात गरेको हो।

अध्यक्ष दिनेश डिसीले संग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न चलचित्रकर्मी तथा ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजात हस्तान्तरण गरिएको थियो।

प्रकाशित: १३ फाल्गुन २०८२ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App