"यसरी प्रगति भएन?" शिवमले चिन्ता जनाउँदै भन्यो।
"सर! सबैले मन लगाएर काम गरे पो विकास हुन्छ। सबै आआफ्नै धुनमा छौं अनि प्रगति कसरी हुन्छ!" जुठेले पनि आफूलाई लागेको बोल्यो।
"होइन अरू नै कमीकमजाेरी छन् कि बरू हाम्रो ध्यान त्यता पुगेन जस्तो लाग्यो!" शिवमले केही सोचे जस्तै गर्याे र भन्यो।
"होइन यत्रो समय बितिसक्यो सर, मन लगाएर काम गरेको भए केही त अवश्य हुन्थ्यो कि?" जुठे आफ्नै अडानमा अडिग थियो।
उसको विचारमा काम नै नगरे विकास कसरी हुन्छ भन्ने थियो तर शिवमले कुनै अरू कमी छ कि विकास नहुनु भन्नेमा आफ्नो मत ल्यायो। उनीहरूको व्यापक छलफल चलिरह्यो।
यतिबेर सुनिरहेको तानेले भन्यो, "सर, मेरो मनमा एउटा कुरा खेलेको छ?"
"कस्तो विचार खेलिरहेको छ भनौं न मित्र?" शिवमले अनुमति दियो।
"काम नगरे पनि विकास भएको झल्को देखाउने हाम्रो संस्थाको नाम बदलेर "विकासवाद " राख्दा कसो होला? " तानेले प्रस्ताव अगाडि सार्याे। जुठेबाहेक सबैले ताली पिटेर पास गरे।
प्रकाशित: ४ असार २०८३ १०:५८ बिहीबार

