६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

शुक्रबारदेखि प्रदर्शनमा चलचित्र ‘मास्टर्नी’

शुक्रबारदेखि अभिनेत्री प्रियांका कार्कीको अभियन तथा निर्माण रहेको चलचित्र ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ। ‘मास्टर्नी’ देखि प्रियांकाले निमार्णमा डेब्यु गरेकी हुन्।

हरर, मडर, मिस्ट्री जनरामा आधारित यो चलचित्रमा ‘मास्टर्नी’ मुख्य रूपमा एक अनुशासित विद्यालय शिक्षिका ‘तुलसी’ को जीवन र उनको पारिवारिक सङ्घर्षमा आधारित छ। जसमा आमाले छोरीको रक्षाका लागि गरेको विभिन्न उपाय केन्द्र राखेर चलचित्र बनेको छ।

सुवेन्दु घोषको  निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरि, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय छ।

‘मास्टर्नी’ लाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन्।

सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। केन्द्रीय चलचित्र जाँच समितिले यस चलचित्रलाई ‘ए’ (एडल्ट) श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ। जसका कारण यो चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

प्रकाशित: ५ भाद्र २०८३ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App